संसदीय छानबिन समितिले लियो रास्वपाका सहमहामन्त्रीको बयान

हिमाल प्रेस २ भदौ २०८१ १४:४३ | Sunday, August 18, 2024
संसदीय छानबिन समितिले लियो रास्वपाका सहमहामन्त्रीको बयान

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सह-महामन्त्री विपीन आचार्यसँग बयान लिएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा आचार्यसँग बयान लिएको हो।

आचार्यले गोर्खा मिडिया नेट्वर्कमा क्रिएटिभ डाइरेक्टरका रूपमा काम गरेका थिए। उक्त मिडियामा हाल फरार गितेन्द्रबाबु राई (जीबी राई) अध्यक्ष र रास्वपाका वर्तमान सभापति रवि लामिछाने प्रबन्ध निर्देशक थिए।

समितिले आइतबार नै रास्वपा सभापति लामिछानेसँग पनि बयान लिने तयारी गरेको थियो। तर अन्य बयानका क्रममा पोलेका बयानकर्ताहरूको संख्या बढेकाले कार्यसूची फेरिएको छ।

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था र बुटवलका सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्क लगानी आएको देखिएको थियो। आचार्यमाथि सहकारीबाट झिकेको पैसा गोर्खा मिडियासँगै निजी प्रयोजनमा पनि लगाएको देखिएको आरोप लाग्दै आएको छ।

प्रकाशित: २ भदौ २०८१ १४:४३ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast