संसदीय छानबिन विशेष समिति लियो ‘सिते बा’ को बयान

हिमाल प्रेस २ भदौ २०८१ ७:१४ | Sunday, August 18, 2024
संसदीय छानबिन विशेष समिति लियो ‘सिते बा’ को बयान

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कलाकार मधुसूदन पाठक (सिते बा) सँग बयान लिएको छ। शनिबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा बोलाएर विभिन्न ८ वटा सहकारीको संलग्नताबारे सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।

उनका अनुसार, पाठक ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिव हुन्। उनी अन्य ८ वटा सहकारीसँग आबद्ध रहेको थापाले बताएका छन्। ‘सिते बा’ भनेर चिनिने कलाकार पाठक हाँस्य टेलिशृंखला ‘सक्किगो नि’बाट चर्चामा आएका हुन्। उनी गत निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार बनेका थिए। तर, उनले चुनाव हारेका थिए।

समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ। आजै अन्य तीन जनालाई पनि समितिले बोलाएर बयान लिएको थियो। सभापति थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको छ भने अब समिति प्रतिवेदनमा केन्द्रित हुनेछ।

प्रकाशित: २ भदौ २०८१ ७:१४ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast