त्रिवि पदाधिकारीलाई फोनबाट आयो धम्की, मन्त्रीले मागिन् सुरक्षा

हिमाल प्रेस ५ भदौ २०८१ ८:५९ | Wednesday, August 21, 2024
त्रिवि पदाधिकारीलाई फोनबाट आयो धम्की, मन्त्रीले मागिन् सुरक्षा शिक्षामन्त्री विद्या भट्टराई । फाइल तस्बिर

काठमाडौँ- शिक्षामन्त्री विद्या भट्टराईले  त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई धम्की आउने गरेको खुलाएकी छन्। उनले फोनमार्फत पटपटक धम्की आउने गरेको सामाजिक सञ्जालमार्फत खुलाएकी छन्।

भट्टराईले लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरू लाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।’

उनले थपेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो कुनै आवेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु।’

*शीर्षक सच्याइएको

प्रकाशित: ५ भदौ २०८१ ८:५९ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast