शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता माओवादी : प्रचण्ड

हिमाल प्रेस ३० साउन २०८१ १४:१३ | Wednesday, August 14, 2024
शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता माओवादी : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियाका बाँकी काम पूरा भएकोमा आफूलाई ज्यादै खुशी लागेको बताए।

बुधबार प्रतिनिधिसभामा टिआरसी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता माओवादी रहेको उल्लेख गरे। उनले भने,‘शान्ति प्रक्रियाको प्रारम्भिक आरम्भकर्ता माओवादी हो भन्नेमा द्विविधा मान्ने ठाउँ छैन। तत्कालै हामीले मूलधारका राजनीतिक दलहरूसँग वार्तालाई घनिभूत बनायौँ।’

शान्ति प्रक्रियासँगै राजनीतिको एउटा अध्यायले पूर्णता पाएको बताउँदै उनले यो प्रक्रियालाई यहाँसम्म पुर्‍याउन धेरै पात्रले भूमिका खेलेको उल्लेख गरे।

प्रचण्डले सबैको साझा प्रयासले शान्ति प्रक्रिया पूर्णता पाउनतर्फ अग्रसर भएको बताए। उनले विधेयक पारित हुँदै गर्दा नेपाली कांग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालालाई सम्झन चाहेको जिकिर गरे।

स्वर्गीय गिरिजाले सुम्पेको जिम्मेवारी पूरा भए पनि कार्यान्वयनको जटिलता अझै पनि बाँकी रहेको उनले बताए।

प्रकाशित: ३० साउन २०८१ १४:१३ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast