रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा अलनासर बराबरीमै राेकियाे

हिमाल प्रेस ७ भदौ २०८१ ८:५९ | Friday, August 23, 2024
रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा अलनासर बराबरीमै राेकियाे

काठमाडाैँ- क्रिस्टियानो रोनाल्डोको गोलको अग्रता जोगाउन नसक्दा साउदी प्रो लिगमा अलनासर बराबरीमा‌ रोकिएको छ।

सिजनको पहिलो खेलमा नासरले बिहीबार अल रइदसँग १-१ गोलको बराबरी खेलेको हो। घरेलु मैदानमा नासरका लागि ३४औँ मिनेटमा साडियो मानेको असिस्टमा रोनाल्डोले गोल गरेका थिए। त्योसँगै साउदी प्रो लिगमा रोनाल्डोको ५० गोल पूरा भएको छ।

रइदका मोहम्मद फौजाइरले ४९औँ मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा खेल बराबरीमा सकियो थियाे।

प्रकाशित: ७ भदौ २०८१ ८:५९ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast