सभामुखले रास्वपाका सांसदको माइकको लाइन काटेपछि राप्रपाको आपत्ति

हिमाल प्रेस २९ साउन २०८१ १३:३९ | Tuesday, August 13, 2024
सभामुखले रास्वपाका सांसदको माइकको लाइन काटेपछि राप्रपाको आपत्ति

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मंगलबारको प्रतिनिधिसभाको बैठकमा विद्युत महसुलको विषय उठान गर्दा सभामुख देवराज ढकालले माइकको लाइन काटिदिए। ढकालले सडक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराइसकेपछि विद्युत महसुलको विषयमा बोल्न सुरु गरेसँगै घिमिरेले लाइन काटिदिएका थिए।

‘माननीयज्यूले सडक व्यवस्थाकोबारेमा बोल्ने भनेर यहाँ टिपाउनु भएको विषय थियो। त्यसबारे तपाईँले बोलिसक्नु भयो’ सभामुखले भनेका थिए। लगत्तै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाए। सभामुखले पटकपटक आसनग्रहण गर्न आग्रह गरे पनि सांसदहरू नबसेपछि रास्वपाका सभापतिसमेत रहेका सांसद रवि लामिछानेलाई बोल्न समय दिए। लामिछानेले विद्युत महसुलका विषयमा सांसद ढकालले गम्भीर विषय उठान गरिरहेकाले ढकाललाई नै समय उपलब्ध गराउन सभामुखसमक्ष आग्रह गरे।

लामिछानेपछि सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए। उनले पनि शून्य समयमा सभामुखले विषय राख्दाराख्दै समय बाँकी हुँदैमा माइक काटिएकोमा आपत्ति जनाए। ‘हामीले परम्परा भत्काउँदै छौँ। हाम्रो अभ्यासमा शून्य समयमा जनताको विषय उठान गर्ने हो,’ उनले भने, ‘सभामुखले यो यो विषय बोल्ने भनेर पहिले नै लिने र जनता जोडिएको विषय अरु नबोल भन्न मिल्दैन। यसमा हाम्रो आपत्ति छ।’

प्रकाशित: २९ साउन २०८१ १३:३९ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast