राजेन्द्र लिङ्देन /फाएल तस्बिर
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलिया प्रस्थान गरेका छन्। पार्टीको भगिनी संस्था प्रवासी नेपाली सङ्गठनको निमन्त्रणामा उनी अष्ट्रेलियाको मेलवर्नतर्फ प्रस्थान गरेका हुन्।
मेलवर्नलगायत अष्ट्रेलियाका विभिन्न नगरमा हुने सङ्गठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेका राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।
अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की छन्। उनी १० भदौमा स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित: ३२ साउन २०८१ ११:०८ | Friday, August 16, 2024
प्रतिक्रिया





