रक्षामन्त्रीले गरे जंगीअड्डाको निरीक्षण

हिमाल प्रेस २८ साउन २०८१ १९:३६ | Monday, August 12, 2024
रक्षामन्त्रीले गरे जंगीअड्डाको निरीक्षण

काठमाडौँ- रक्षामन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा नेपाली सेनाले देखाएको दृढता सधैँ प्रशंसनीय रहेको बताएका छन्।

आज (सोमबार) सैनिक मुख्यालय जंगी अड्डाको निरीक्षणका क्रममा उनले संविधानप्रदत्त जिम्मेवारी एवं अन्य चुनौतीपूर्ण कार्य निर्वाह गर्न भविष्यमा पनि सेना सफल हुने विश्वास व्यक्त गरे।

रक्षामन्त्री राईले भने, ‘नेपाली सेनाको समग्र क्षमता अभिवृद्धि तथा स‌ंगठनात्मक सुदृढीकरणमा रक्षा मन्त्रालयले सदैव सकारात्मक भूमिका हुन्छ। उच्च हौसलासहित कर्तव्यपथमा समर्पित भई काम गर्नुस्।’

रक्षा सचिव रामेश्वर दंगालले सेनालाई आवश्यक पर्ने नीतिगत, प्रक्रियागत, बजेटलगायत विषयमा सहयोग एवम् सहजीकरणको लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए।

सो अवसरमा कायममुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलले सेनाका मूल्य र मान्यतालाई अझ मजबुत र संस्थागत गर्नेतर्फ आफ्नो निरन्तर पहल रहने बताए।

प्रकाशित: २८ साउन २०८१ १९:३६ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast