यू-१९ विश्वकपको एसिया छनोट नेपालमा हुने

हिमाल प्रेस १ भदौ २०८१ ११:२७ | Saturday, August 17, 2024
यू-१९ विश्वकपको एसिया छनोट नेपालमा हुने फाइल तस्बिर

काठमाडौँ- नेपालमा अर्को वर्ष अप्रिलमा यू-१९ विश्वकपको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ। छनोट सन् २०२५ को अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

प्रतियोगितामा आयोजक नेपाल,अफगानिस्तान, हङकङ, ओमान र युएईको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा हुने २०२६ को यु-१९ विश्वकपका लागि छनोट हुनेछ।

नेपालले यसै वर्षको सुरुमा दक्षिण अफ्रिकामा भएको यु-१९ विश्वकपमा सहभागिता जनाएको थियो।

प्रकाशित: १ भदौ २०८१ ११:२७ | Saturday, August 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast