फाइल  तस्बिर
                                            काठमाडौँ- नेपालमा अर्को वर्ष अप्रिलमा यू-१९ विश्वकपको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ। छनोट सन् २०२५ को अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
प्रतियोगितामा आयोजक नेपाल,अफगानिस्तान, हङकङ, ओमान र युएईको सहभागिता रहनेछ। प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा हुने २०२६ को यु-१९ विश्वकपका लागि छनोट हुनेछ।
नेपालले यसै वर्षको सुरुमा दक्षिण अफ्रिकामा भएको यु-१९ विश्वकपमा सहभागिता जनाएको थियो।
                            प्रकाशित: १ भदौ  २०८१ ११:२७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

