मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत

हिमाल प्रेस २ भदौ २०८१ १५:१९ | Sunday, August 18, 2024
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत

काठमाडौँ – गत आर्थिक वर्ष २०८०र८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो।

राष्ट्र बैंकका आनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ। अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो।

गत आवमा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेर रु. १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ।

त्यस्तै शोधनान्तर स्थिति रु. पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु. दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो। गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ। उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ।

गत आवमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ। गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कूल निक्षेप रु. ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ५० खर्ब ७४ अर्ब पुगेको छ।

प्रकाशित: २ भदौ २०८१ १५:१९ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast