मुकुललाई रास्वपाले सोध्यो : तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने?

हिमाल प्रेस ३० साउन २०८१ १४:३२ | Wednesday, August 14, 2024
मुकुललाई रास्वपाले सोध्यो : तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्रीबाट हटाइका मुकुल ढकाललाई थप कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ। पार्टी कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले ढकाललाई पत्र पठाउँदै स्पष्टीकरण सोधेका हुन्।

‘पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्ने?,’ स्पष्टीकरण पत्रमा भनिएको छ,’तपाईंको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने हो ?’

आफूमाथि गरिएको कारवाही मनासिब नलागेमा पार्टी पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी विभिन्न माध्यमहरूबाट पार्टी हितविपरीत गई विचार दिएको रास्वपाले जनाएको छ।

‘पार्टी तथा पार्टीका नेताहरूको छवि, इज्जत, प्रतिष्ठा धमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरूलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने जस्ता क्रियाकलापहरूमा निरन्तर लाग्नुभएको संलग्न स्रोतहरू समेतबाट देखिएको छ,’ ढकाललाई पठाइएको पत्रमा भनिएको छ।

प्रकाशित: ३० साउन २०८१ १४:३२ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast