माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

हिमाल प्रेस २७ साउन २०८१ १९:२२ | Sunday, August 11, 2024
माओवादी अध्यक्ष प्रचण्ड र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता तस्बिर : माओवादी अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिश्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन्।

दुईदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका विदेश सचिव मिश्रीले खुमलटार पुगेर अध्यक्ष प्रचण्डलाई भेटेका हुन्।

भेटका अवसरमा दुई देशबीचको आपसी हित एवं पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा काठमाडौँ आएका विदेश सचिव मिश्रीले आइतबारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

 

प्रकाशित: २७ साउन २०८१ १९:२२ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast