मलेसिया जाने कामदारको अनिवार्य ‘प्रकेसो’ बिमा

हिमाल प्रेस २७ साउन २०८१ ११:२५ | Sunday, August 11, 2024
मलेसिया जाने कामदारको अनिवार्य ‘प्रकेसो’ बिमा

काठमाडौँ- मलेसिया सरकारले आप्रवासी कामदारलाई अनिवार्य ‘प्रकेसो’ नामको नयाँ बिमा कार्यक्रम लागू गरेको छ। यो बिमा कार्यक्रम रोजगारीको क्रममा चोटपटक लागेपनि सम्बोधन गर्ने मलेसियाली सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकेसो बिमा कार्यक्रम मलेसियाको सामाजिक सुरक्षा योजना (सोक्सो)बाट सञ्चालनमा ल्याइएको हो। प्रकेसो कार्यक्रममा कामदारले मासिक तलबको ०.५ प्रतिशत र रोजगारदाताले मासिक तलबको १. ७५ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ। मलेसियामा पछिल्लो विवरणअनुसार २३ लाखभन्दा बढी आप्रवासी कामदार कार्यरत छन्।

यी कामदारका हकमा र नयाँ रोजगारीमा जाने विदेशी कामदारलाई समेत रोजगारदाता कम्पनीले प्रकेसोमा सहभागिता गराउनुपर्ने जनाइएको छ। प्रकेसोमा मासिक न्यूनतम् १५ सय रिंगेट तलब पाउने विदेशी कामदारले मासिक ७ रिंगेट अर्थात वार्षिक ८४ रिंगेट र रोजगारदाताबाट २५ रिंगेट योगदान गर्नुपर्ने हुन्छ।

मलेसिया रोजगारीमा जाने कामदारले प्रकेसोमार्फत वार्षिक १ सय ९ रिंगेट पाउँछन्। यो रकम उनीहरुले चोटपटक नलागेको अवस्थामा पनि पाउने बताइएको छ। प्रकेसो बिमा कार्यक्रम घाइते वा निको हुन सक्ने रोग लागेका विदेशी कामदारलाई तत्काल उपचारका लागि सहज होस् भनेर ल्याएको मलेसिया सरकारले बताउँदै आएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।

प्रकेसो कार्यक्रमको रोजगारदाताहरूले आर्थिक भार थप्ने काम गरेको भन्दै विरोध गरेका छन्।

सरकारले अगाडि सारेको योजनाले उत्पादनको लागत बढाउने भन्दै मलेसिया रोजगारदाता संघले असन्तुष्टि जनाएको मलेसियाका सञ्चारमाध्यमहरुले उल्लेख छ। मलेसियामा औद्योगिक, निर्माण, सेवा, वृक्षारोपण, कृषि, घरेलु काम र खानी तथा उत्खनन क्षेत्रमा २३ लाख ७ हजार ७ सय ४६ विदेशी कामदार रहेको मलेसियाको मानव संशाधन मन्त्रालयले हालै सार्जजनिक गरेको तथ्यांकमा छ।

सन् २०२४ भित्र मलेसियाले गत जुलाई २७ सम्म १९ हजार ९ हजार ३४ कम्पनीले विदेशी कामदार करिब पाँच लाख लगेका छन्। मन्त्रालयका अनुसार औद्योगिक क्षेत्रमा ७ लाख ३० हजार निर्माण क्षेत्रमा ६ लाख ४६ हजार सेवा क्षेत्रमा ३ लाख ९४ हजार, वृक्षारोपण अर्थात प्लान्टेशन क्षेत्रमा २ लाख ६३ हजार कृषि क्षेत्रमा १ लाख ७१ हजार र घरेलु कामदारमा १ लाख ६ सय ७५ विदेशी कामदार कार्यरत रहेका छन्।

गत मे ३१ यता मलेसिया नयाँ कामदारको एप्रुभल रोकेको छ।

प्रकाशित: २७ साउन २०८१ ११:२५ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast