मर्स्याङ्दीमा बस दुर्घटना : १८ जनाको शव निकालियो

हिमाल प्रेस ७ भदौ २०८१ १७:४४ | Friday, August 23, 2024
मर्स्याङ्दीमा बस दुर्घटना : १८ जनाको शव निकालियो

काठमाडौँ- भारतीय पर्यटक बोकेको बस आज बिहान तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलबाट १८ जनाको शव निकालिएको छ भने १७ जनाको जिवितै उद्धार गरियो। बसमा ४३ जना सवार थिए।

पोखराबाट काठमाडौँ आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो। घाइते १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। उनीहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ। ९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको थापाले बताए।

प्रकाशित: ७ भदौ २०८१ १७:४४ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast