ममाथि युद्धविरामको बेला आक्रमण गरियो : देउवा

हिमाल प्रेस १४ भदौ २०८१ १८:४९ | Friday, August 30, 2024
ममाथि युद्धविरामको बेला आक्रमण गरियो : देउवा फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी सशस्त्र संघर्षका बेला आफूमाथि आक्रमण भएको स्मरण गरेका छन्।

पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन कार्यक्रममा कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमण स्मरण गरेका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने,‘ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो। गोली हान्न हुँदैनथ्यो।’

देउवाले द्वन्द्वकालको सुरूवात स्मरण गर्दै ४० बुँदे माग गरेको माओवादीलाई वार्ताको बोलाए पनि तयार नभएको बताए। उनले भने,‘हामीले सशस्त्र द्वन्द्वलाई सफलतापूर्वक शान्ति प्रक्रियामा ल्याएर संविधानसभाबाट संविधान जारी गरेर गणतन्त्रात्मक व्यवस्थामा आएका छौं। अहिले संविधानलाई अझै राम्रो बनाउन संशोधन गरेर अघि बढ्न सकिन्छ। प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, यसलाई सुदृढ गरेर र सुधार गरेर लैजान सकिन्छ।’

पुस्तकका विषयमा चर्चा गर्दै नेकपा एमालेका सचिव लेखराज भट्ट (तत्कालीन माओवादी नेता) ले द्वन्द्वकालमा सुदूरपश्चिममा व्यक्ति केन्द्रित हत्या हुन नदिएको र आफू ती घटनाहरूको साक्षी रहेको बताए।

उनले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री देउवामाथि आक्रमण गर्ने कुनै पनि योजना नभएको जिकिर गरे। भट्टले भने,‘त्यो समयमा उपयुक्त रूपमा सही सूचना सञ्चार नहुँदा गलत सूचना फैलिएको देखिन्छ।’

पूस्तकमाथि कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार कुन्द दीक्षितलगायतले चर्चा गरेका थिए।

प्रकाशित: १४ भदौ २०८१ १८:४९ | Friday, August 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast