मन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन, पारवहन लागत कम गर्ने विषयमा छलफल

हिमाल प्रेस २७ साउन २०८१ १४:५६ | Sunday, August 11, 2024
मन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन, पारवहन लागत कम गर्ने विषयमा छलफल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गरेका छन्। अवलोकनका क्रममा उनले पोर्टका अध्यक्ष रथेन्द्र रमनलगायतका उच्च अधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गरेका थिए।

अवलोकन भ्रमणका क्रममा मन्त्री भण्डारीले भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने व्यापार सौविध्यता, पारवहन व्यापार सबलीकरण, ‘ट्रान्ससिपमेन्ट मोडालिटी’, भण्डारण जाचँपासलगायतका विषयमा जानकारी लिएका थिए।

नेपालका तर्फबाट पारवहन लागत कम गर्ने विषयमा राखेको मन्त्री भण्डारीको जिज्ञासामा त्यहाँका प्रतिनिधिले चीनबाट हल्दिया र कोलकत्तामा सिधा कार्गोे जहाजको व्यवस्था गरिएकाले सिंगापुरमा गरिने ट्रान्ससिपमेन्ट लागत कम भई सम्पूर्ण लागत नै घट्ने जानकारी दिएका छन्।

पारवहन लागतको १० प्रतिशतमात्रै पोर्ट लागत भएकाले थप सहुलियत दिन सकिने पोर्टका अधिकारीहरुले बताएको मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिए। नेपाली महावाणिज्य दूतावास एवं नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको समन्वयमा छलफल भएको थियो।

अवलोकन भ्रमणमा कोलकत्तास्थित महावाणिज्य दूतावासका पदाधिकारी लगायतको उपस्थिति थियो। तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्या, आयातकर्ता र निर्यातकर्ताका समस्याका विषयमा जानकारी लिई कोलकत्तास्थित महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरी परिणाममुखी भएर काम गर्न मन्त्री भण्डारीले निर्देशन दिए।

प्रकाशित: २७ साउन २०८१ १४:५६ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast