मन्कीपक्सलाई विश्व जनस्वास्थ्य आपतकाल घोषणा

हिमाल प्रेस ३१ साउन २०८१ ७:२२ | Thursday, August 15, 2024
मन्कीपक्सलाई विश्व जनस्वास्थ्य आपतकाल घोषणा

काठमाडौँ- विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अफ्रिकामा महाद्विपमा फैलिएको मन्कीपक्स(एमपक्स)लाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। डब्ल्यूएचओले सो विषयमा बोलाएको विज्ञसहितको बैठकपछि तीब्रगतिमा फैलिरहेको एमपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गरेको हो।

अधिकारीहरूले डेमोक्रेटिक रिपब्लिक अफ कांगो र छिमेकी देशहरूमा नयाँ छिटो फैलिने भेरियन्ट पत्ता लागेको समेत बताएका छन्। व्यापकरूपमा फैलिँदै गएको एमपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने निर्णय गर्न बुधबार विज्ञहरूको बैठक गरेको थियो।

प्रकोप बढेसँगै अफ्रिकी संघले आफ्नो क्षेत्रमा सार्वजनिक स्वास्थ्य आपतकालिन घोषणा गरेपछि १६ अन्तर्राष्ट्रिय विज्ञहरूको भेला गरेको थियो। एमपक्स प्रजातान्त्रिक गणतन्त्र कंगोमा व्यापक फैलिएको छ, जहाँ पहिले मन्कीपक्स भनिने भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीबाट अन्य देशहरूमा फैलिएका छ।

डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस वर्ष कांगोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केसहरू र ५२४ जनाको मृत्यु भएको जनाएको छ। साथै, यो रोगले ज्वरो, मांसपेशी दुख्ने र ठूलो फोका जस्तै छालाको घाउ निम्त्याउँछ।

प्रकाशित: ३१ साउन २०८१ ७:२२ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast