मधेशका मुख्यमन्त्रीले बर्खास्त गरे ८ राज्यमन्त्री

हिमाल प्रेस २९ साउन २०८१ ११:४५ | Tuesday, August 13, 2024
मधेशका मुख्यमन्त्रीले बर्खास्त गरे ८ राज्यमन्त्री मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह। तस्बिर : रासस

काठमाडौँ- जम्बो मन्त्रिपरिषद् गठन गरेर विवादमा तानिएका मधेश प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

उनले सरकारमा रहेका ८ राज्यमन्त्रीलाई बर्खास्त गरेको जानकारी दिए। जम्बो मन्त्रिपरिषद् विस्तार गरेको भन्दै चारैतिर आलोचना हुन थालेपछि सबैको सहमति अनुसार राज्यमन्त्रीहरूलाई हटाउने निर्णय गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए। बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना छन् ।

सिंहले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खंग राज्यमन्त्रीमा नियुक्त गरेका थिए।  जम्बो मन्त्रिपरिषद् गठन गरेसँगै सिंहको आफ्नै दल जनमत पार्टीसँग दूरी बढेको थियो। पार्टीले उनलाई सरकार गठनबारे स्पष्टीकरण सोधेको थियो।

जनमत स्रोतका अनुसार शीर्ष नेताहरूले मुख्यमन्त्रीमा सिंहको विकल्प खोज्ने समेत छलफल थालेका थिए। मधेशमा अहिले नेपाली कांग्रेस, नेकपा एमालेसहितका दलहरूको सरकार छ। गठबन्धनको दबाबमा सिंहले २० सदस्य मन्त्रिपरिषद् बनाएका थिए। अब मुख्यमन्त्रीसहित १२ मन्त्रीहरू मात्र रहेका छन्।

संघीयता गिज्याउने मन्त्रिपरिषद्, ‘ड्यामेज कन्ट्रोल’ गर्न स्पष्टीकरण!

प्रकाशित: २९ साउन २०८१ ११:४५ | Tuesday, August 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast