भारतीय विदेशसचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन

हिमाल प्रेस २७ साउन २०८१ १५:०५ | Sunday, August 11, 2024
भारतीय विदेशसचिव मिश्रीद्वारा नेपाल भाषा परिषद्को नवनिर्मित भवन उद्घाटन

काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भाषा परिषद्को नवनिर्मित भवनको उद्घाटन एवं अवलोकन गरेका छन्।

दुईदिने नेपाल भ्रमणको क्रममा आइतबार बिहान काठमाडौं आइपुगेका उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गरेका हुन्। सो भवन भारत सरकारको सहयोगमा निर्माण गरिएको हो।

परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा काठमाडौं आएका मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यतालिका छ। त्यस्तै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकसँग भेट गर्ने कार्यक्रम रहेको छ।

विदेशसचिव भएपछि मिश्रीको यो पहिलो नेपाल भ्रमण हो। आइतबार साँझ परराष्ट्रसचिव लम्सालले समकक्षी मिश्रीलाई रात्रिभोज दिने कार्यक्रम पनि छ। सोमबार बिहान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गरी उनी साँझ स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित: २७ साउन २०८१ १५:०५ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast