 
                             
                                            काठमाडौँ- सरकारले भन्सार विभाग र राजस्व अनुसन्धान विभागका महानिर्देशकसहित अर्थ मन्त्रालयका सहसचिवहरूको जिम्मेवारी व्यापक हेरफेर गरेको छ। भन्सार विभागको महानिर्देशकमा हरिशरण पुडासैनीलाई ल्याइएको छ भने आन्तरिक राजस्व विभागका महानिर्देशकको जिम्मेवारी रामप्रसाद आचार्यले पाएका छन्।
उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, मदन दाहाललाई अर्थ मन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालयअन्तर्गतको जिम्मेवारी दिइएको छ।
यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखमा श्रीकृष्ण नेपाललाई तोकिएको थियो।
राजस्व प्रशासनमा ठूलो फेरबदल गरिएको छ। यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देश र डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकमा पठाइएको छ।
त्यसैगरी, कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, दीपक लामिछानेलाई वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशक, रमेश अर्याललाई ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको भूमिका तोकिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 