बैतडीमा सर्पको टोकाइबाट तीन घाइते

हिमाल प्रेस ७ भदौ २०८१ ६:०४ | Friday, August 23, 2024
बैतडीमा सर्पको टोकाइबाट तीन घाइते

बैतडी- बैतडीमा सर्पको टोकाइबाट तीनजना घाइते भएका छन्। जिल्लाका छुट्टाछुट्टै स्थानमा सर्पको टोकाइबाट तीन घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाका एक/एक जना सर्पको टोकाइबाट घाइते भएका हुन्।

बुधबार जिल्लाको दशरथचन्द नगरपालिका–२ मगराउँकी ३५ वर्षीया भावना बोहरा, मेलौली नगरपालिका–३ बागगोठका १८ वर्षीय धीरेन्द्र ठगुन्ना र पञ्चेश्वर गाउँपालिका–४ विनायककी ३० वर्षीया धौली चन्द सर्पको टोकाइबाट घाइते भएका छन्।

बोहरालाई घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला सर्पले टोकेको थियो। उनी जिल्ला अस्पताल बैतडीमा उपचार गरेर घर फर्किसकेकी छन्। मेलौली नगरपालिका–३ बागगोठका ठगुन्नालाई बाटोमा हिँडिरहेका बेला बुधबार दिउँसो सर्पले टोकेको थियो।

पञ्चेश्वर गाउँपालिका–४ विनायककी चन्दलाई खेतबारीमा घाँस काटिरहेका बेला सर्पले टोकेको थियो। ठगुन्ना र चन्द दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्थामा सामान्य रहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

प्रकाशित: ७ भदौ २०८१ ६:०४ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast