बार्सिलोनाको लगातार दोस्रो जित

हिमाल प्रेस ९ भदौ २०८१ ७:१० | Sunday, August 25, 2024
बार्सिलोनाको लगातार दोस्रो जित

काठमाडौँ- रोबर्ट लेवान्डोस्कीको गोलसँगै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार दोस्रो जित हासिल गरेको छ। लुइस कम्पनी ओलम्पिक स्टेडियममा शनिबार राति भएको खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २-१ ले पराजित गरेको हो।

जितसँगै बार्सिलोनाले दुई खेलबाट ६ अंक जोडेको छ। बार्सिलोना अंक तालिकामा दोस्रो स्थानमा छ। एथलेटिको एक अंकसहित १६औं स्थानमा छ। खेलको २४औं मिनेटमै पेनाल्टी बक्स बाहिरबाट लामिन यमलले प्रहार गरेको लामो रेन्जको बलले जाली चुम्दा बार्सिलोना सुरुआती अग्रता लिन सफल भएको थियो। तर, सान्सेटले पेनाल्टीमा गोल गर्दै एथलेटिकलाई खेलमा फर्काए।

पहिलो हाफ बराबरीमा सकिएपनि ७५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दे बार्सिलोनलाई तीन अंक दिलाए।

प्रकाशित: ९ भदौ २०८१ ७:१० | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast