बढ्यो सब्जीको मूल्य

हिमाल प्रेस ३१ साउन २०८१ ८:११ | Thursday, August 15, 2024
बढ्यो सब्जीको मूल्य फाइल तस्बिर

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजारमा आज गोलभेंडा, ब्रोकाउली र फर्सीको मूल्य बढेको छ।

हिजो ८६ रुपैयाँ रहेको ठूलो गोलभेंडा किलोमा ९ रुपियाँले बढेर आज ९५ रुपियाँमा किनबेच हुँदैछ। त्यस्तै आज ब्रोकाउलीको भाउ प्रतिकिलो १६६ रुपियाँ तोेकिएको छ। अघिल्लो कारोबार दिनमा भने यो १३६ रुपियाँ थियो । हिजोको तुलनामा ३० रुपैयाँले बढेको हो।

त्यसैगरी, यसदिन हरियो फर्सी किलोमा ९ रुपैयाँले महँगो भएको छ। बुधबार ७६ रुपियाँ रहेको हरियो फर्सी आज कालिमाटीमा ८५ रुपियाँमा किन्नुपर्ने भएको छ।

कालीमाटी मा बिहीबार बन्दा ७५, तनेबोडी ९५, भटमासकोसा १२५, लौका ४५, परवर ७५, घिरौंला ४५, भिन्डी ४५, कन्य च्याउ १८०, पार्सले १२५०, पुदिना ६५० र तामा ११० रुपियाँ किलोमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

 

प्रकाशित: ३१ साउन २०८१ ८:११ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast