फेसबुकमार्फत क्यान्सरपीडितको उपचारार्थ २७ लाख संकलित

हिमाल प्रेस ३० साउन २०८१ ८:४२ | Wednesday, August 14, 2024
फेसबुकमार्फत क्यान्सरपीडितको उपचारार्थ २७ लाख संकलित सांकेतिक तस्बिर

पाँचथर- सामाजिक सञ्जालमार्फत एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाखभन्दा बढी रकम संकलन भएको छ।

फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकबाट २७ लाख ११ हजार चार सय २९ संकलन भएको हो। स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गरेकी थिइन्।

हालै संकलित रकम सजिनालाई हस्तान्तरण गरिएको हो। प्राप्त रकमबाट उनले शल्यक्रिया गराएका थिए। आफ्नो जीवन रक्षाका खातिर रकम प्रदान गर्ने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन्। रासस

प्रकाशित: ३० साउन २०८१ ८:४२ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast