‘फुर्काउन नआउनू, प्रचण्ड सत्ताको खेलमा लाग्दैन’

हिमाल प्रेस ११ भदौ २०८१ १४:३९ | Tuesday, August 27, 2024
‘फुर्काउन नआउनू, प्रचण्ड सत्ताको खेलमा लाग्दैन’ पुष्पकमल दाहाल

काठमाडौँ– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सरकारको खेलमा आफू नलाग्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले कांग्रेस-एमाले झगडा गरे मिलाइदिनू भन्दै आफू कहाँ नआउन पनि आग्रह गरे।  ‘कांग्रेस–एमालेका साथीहरूलाई म यही रोष्ट्रमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईंहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन।’

उनले माओवादी आन्दोलन भएको बताउँदै आफूहरूबाटै पनि केही कमजोरी भएको स्वीकारे। उनले आफूहरू यो बीचको समयमा जनतामाझ कम गएकोले अहिले अंकगणितमा केही कमजोर भए पनि अब यसको भरपाइ हुने दाबी गरे।

‘सत्तामा होइन तपाईंहरूको चलखेलमा केन्द्रित छ। भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी बनाउछौँ,’ उनले भने, ‘पहिला पनि बनाएकै हौँ। बीचैमा झगडा गरेर फकाउन र फुर्क्याउन नआउनूहोला।’

प्रकाशित: ११ भदौ २०८१ १४:३९ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast