प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच सिंहदरबारमा भेटवार्ता

हिमाल प्रेस ३२ साउन २०८१ १३:४८ | Friday, August 16, 2024
प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयका व्यवस्थापन र स्रोतसम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्माबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अमेरिकी दूतावासका अनुसार, शुक्रबार बिहान बर्मा नेपाल आइपुगेका थिए। उनलाई अमेरिकी राजदूत डिन थम्पनले स्वागत गरेका छन्।

भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयनका साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेट्ने बताइएको छ।

प्रकाशित: ३२ साउन २०८१ १३:४८ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast