प्रदीप गिरीको स्मृति कार्यक्रममा प्रचण्ड नजाने

हिमाल प्रेस ४ भदौ २०८१ १३:१५ | Tuesday, August 20, 2024
प्रदीप गिरीको स्मृति कार्यक्रममा प्रचण्ड नजाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वनेता एवम् समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रसीले आयोजना गरेको संवाद कार्यक्रममा  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन्।

व्यस्तताका कारण कार्यक्रममा दाहाल नजाने उनको सचिवालयले जानकारी गराएको हो। ‘आज २ः३० बजे प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्तताका कारण नजानुहुने भएको छ’ दाहालको सचिवालयले भनेको छ।

यसअघि उनै दाहालको सचिवायले  दिउँसोको उक्त कार्यक्रममा सहभागी हुने बताएको थियो।

आज उक्त कार्यक्रममा शीर्ष नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्ने बताइएको थियो। अन्तिम समयमा दाहाल उक्त कार्यक्रममा नजाने भएका हुन्।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा हुने कार्यक्रममा देउवा, दाहाल, नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र लोसपाका सभापति महन्थ ठाकुर आउने बताइएको थियो।

कांग्रेससहितको गठबन्धन नेतृत्वको सरकारको प्रधानमन्त्री भइरहेका दाहाललाई छोडेर कांग्रेसले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउँदै गठबन्धन टुटाएपछि कांग्रेससँग रुष्ट छन्।

प्रकाशित: ४ भदौ २०८१ १३:१५ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast