प्रचण्डले गरे खेलाडीको बिदाइ

हिमाल प्रेस ४ भदौ २०८१ १२:३२ | Tuesday, August 20, 2024
प्रचण्डले गरे खेलाडीको बिदाइ

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन्।

अध्यक्ष प्रचण्डले मंगलबार खुमलटारमा आयोजित एक कार्यक्रममा उनीहरूलाई बिदाइ गरेका हुन्। त्यस अवसरमा अध्यक्ष दाहालले पदक जित्न नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्दै सफलताको कामना गरे।

कार्यक्रममा नेपाल वादोरियो कराते डो सङ्घका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा र सचिव बि आरलगायत सहभागी थिए।

यही भदौ ८ र ९ गते जापान टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपाली खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचनसहित ६ सदस्यीय टोली सहभागी हुँदै छ।

प्रकाशित: ४ भदौ २०८१ १२:३२ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast