नेप्से परिसूचकमा उच्च अंकको गिरावट

हिमाल प्रेस ९ भदौ २०८१ १५:५३ | Sunday, August 25, 2024
नेप्से परिसूचकमा उच्च अंकको गिरावट सेयर बजार

काठमाडौँ-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ। आइतबार परिसूचक ७९ दशमलव ८८ अंकले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो।

आज तीन सय ३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता शेयर दुई लाख १८ हजार पाँच सय ७८ पटक खरिदबिक्री हुँदा रु. १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सय बराबरको कारोबार भएको छ।

लघुवित्त समूह एक दशमलव ०८ प्रतिशत बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै लगानी समूह तीन दशमलव ८३, बैंकिङ तीन दशमलव ३१, वित्त तीन दशमलव ५० र अन्य समूह तीन दशमलव ५५ प्रतिशतले बढेको छ।

विकास बैंक दुई दशमलव ४४, होटल तथा पर्यटन दुई दशमलव ३८, जलविद्युत् तीन दशमलव ०४, जीवन बीमा दुई दशमलव ५०, उत्पादन तथा प्रशोधन एक दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ५९, निर्जीवन बीमा दुई दशमलव ३२ र व्यापार समूह एक दशमलव ७६ प्रतिशतले घटेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मन्दाकिनी हाइड्रोपावर लिमिटेड १० दशमलव २५ प्रतिशत, कुमारी बैंक लिमिटेड डिभेञ्चर–८६ को शेयर मूल्य नौ दशमलव ०९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा अपी पावर लिमिटेडको आज सबैभन्दा धेरै रु. ८४ करोड ६८ लाख १७ हजार बराबरको २२ लाख ७८ हजार सात सय ८७ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित: ९ भदौ २०८१ १५:५३ | Sunday, August 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast