नेपालगञ्जमा १० किलोमिटर ‘नाइट रन’ हुँदै

हिमाल प्रेस १० भदौ २०८१ १५:२२ | Monday, August 26, 2024
नेपालगञ्जमा १० किलोमिटर ‘नाइट रन’ हुँदै

काठमाडौँ- धारा नेपालगञ्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि-इभेन्टका रुपमा नेपालगन्ज १० किलोमिटर रात्रिदौड आयोजना गरिने भएको छ। नेपालगञ्ज रात्रिदौड आउँदो संविधान दिवस ३ असोजमा हुने आयोजक क्रियटिभ ह्याण्डका अध्यक्ष टीएस ठकुरीले बताए।

राति ९ बजे स्थानीय बीपी चोकबाट दौड सुरु हुनेछ। एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणीकरण रुटमा रात्रिकालीन दौड सञ्चालन गरिनेछ। नेपालगञ्ज म्याराथनको आयोजक क्रियटिभ ह्यान्ड्सले धारा नेपालगञ्ज म्याराथनको १०औँ संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्टसँगै रात्रिदौड आयोजना गर्न लागेको हो। धारा नेपालगञ्ज म्याराथनको १० औँ संस्करण आउँदो २२ मंसिरमा आयोजना हुँदै छ। १ भदौदेखि खेलाडी दर्तासमेत खुलिसकेको छ।

पहिलोपटक आयोजना हुन लागेको हुँदा नाइट रनमा व्यावसायिक र कम्तीमा ५ किमि दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको तयारी छ। पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने अध्यक्ष ठकुरीले जनाए।

१० किमि रात्रिदौडसँगै अन्यका लागि फन रनका रुपमा सहभागी गराइनेछ। पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिनेछ। भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिनेछ। खेलाडी दर्ता भदौ १५ देखि २० भदौसम्म गर्न सकिनेछ।

प्रकाशित: १० भदौ २०८१ १५:२२ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast