नागढुंगा नजिक पहिरो, यातायात सेवा अवरुद्ध

हिमाल प्रेस ५ भदौ २०८१ १३:५८ | Wednesday, August 21, 2024
नागढुंगा नजिक पहिरो, यातायात सेवा अवरुद्ध फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा पहिरो खस्दा अहिले सो क्षेत्रमा यातायात सेवा अवरुद्ध भएको छ।

पहिरो खसेका कारण सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार नागढुंगा चोकबाट केही मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो। काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान ठप्प छन्। अहिले सो क्षेत्रमा पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सेवा ठप्प छ।

नागढुंगामा खटिएको प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुंगामै रोकेको छ भने आउने सवारीसाधान पिप्लामोडभन्दा तलै रोकेको छ।

प्रकाशित: ५ भदौ २०८१ १३:५८ | Wednesday, August 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast