‘देवी’ को ट्रेलरमा के छ? ‍(भिडियाेसहित)

हिमाल प्रेस २ भदौ २०८१ १७:२१ | Sunday, August 18, 2024
‘देवी’ को ट्रेलरमा के छ? ‍(भिडियाेसहित)

काठमाडौँ- फिल्म ‘देवी’ को ट्रेलर सार्वजनिक गरिएको छ। २ मिनेट ३९ सेकेण्डको ट्रेलरमा समाजमा घटिरहेका बलात्कार जस्ता अपराजन्य घटनाकाे अनुसन्धानमा कानुनकाे भूमिका र त्यसले निम्त्याउने परिणाम प्रस्तुत गरिएको छ।

फिल्ममा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवन जंग खड्का र विकास पन्तको अभिनय छ। शिल्पा पत्रकार, गौरव अपराध अनुसन्धान गर्ने प्रहरी र नाजिर एक संस्था सञ्चालकको भूमिकामा छन्।

क्राइम थ्रिलर जनरामा बनेको फिल्मका निर्देशक सञ्जोग राई हुन्। एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्म भदौ २१ मा नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ।

फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन्। भने पटकथामा पनि यी दुवैको सहकार्य छ।

रेमन गुरुङ, नारायण राई र सञ्जोग राईले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता उजेन नोर्वे गुरुङ र मिलन लामा हुन्।

प्रकाशित: २ भदौ २०८१ १७:२१ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast