दूधकोशी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन ओखलढुंगा प्रशासनको आग्रह

हिमाल प्रेस ३२ साउन २०८१ १७:१४ | Friday, August 16, 2024
दूधकोशी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन ओखलढुंगा प्रशासनको आग्रह

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोलुखुम्बुको खुम्बु क्षेत्रमा आएको बाढीपछि दूधकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ। प्रशासन कार्यालयले सूचना जारी गर्दै दूधकोशी किनाराका सर्वसाधारणहरूलाई सुरक्षित रहन भनेको हो।

‘दूधकोशी नदी तटीय छेउ किनारामा रहेका बासिन्दालाई यथाशक्य चाँडो सुरक्षित स्थानमा गई सुरक्षित रहनुहुन सम्पूर्णमा जानकारी गराइन्छ’, जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जारी गरेको सूचनामा भनिएको छ।

शुक्रबार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढी आएको थियो। उक्त बाढी दूधकोशी नदीमा पुगेको छ। बाढीमा परि १४ घर बगाउनुका साथै सात घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन्।

खुम्बुमा बाढी : पाँचजनाको उद्धार, एकजना बेपत्ता

खुम्बुमा बाढी आउनुको कारण खुलेको छैन : प्राधिकरण

खुम्बुमा भीषण बाढी, घरहरू बगे, सतर्क रहन प्रशासनको अपिल

प्रकाशित: ३२ साउन २०८१ १७:१४ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast