दुई संसदीय समितिका सभापति चुनिँदै

हिमाल प्रेस ३१ साउन २०८१ ७:४० | Thursday, August 15, 2024
दुई संसदीय समितिका सभापति चुनिँदै संसदीय सुनुवाइ समितिको बैठक काठमाडौँ, २९ साउनः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा मङ्गलबार प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ सम्बन्धमा मङ्गलबार बसेको संसदीय सुनवाई समिति बैठक । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ- संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिका लागि आज समितिमा निर्वाचन हुँदैछ।

सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ। उनको मनोनयन प्रस्तावकमा श्यामकुमार घिमिरे र समर्थकमा सुनिता बराल रहेका छन्।

यस्तै राज्यका निर्देशक सिद्धान्त समितिमा नेकपा एमालेका नेता एवं समिति सदस्य ठाकुरप्रसाद गैरेको उम्मेदवारी परेको छ। उनको प्रस्तावकमा सरस्वती सुब्बा र समर्थकमा दीलेन्द्रप्रसाद बडु रहेका छन्।

दुवै समितिको बैठक आज दिउँसो ३ बजे बस्दैछ। सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारी सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ।

प्रकाशित: ३१ साउन २०८१ ७:४० | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast