डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ घाइते

हिमाल प्रेस ३२ साउन २०८१ ७:२२ | Friday, August 16, 2024
डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ घाइते

डोटी- दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।

प्रकाशित: ३२ साउन २०८१ ७:२२ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast