टुषालमा एकदिने अष्टिम्की चित्र कार्यशाला

हिमाल प्रेस ७ भदौ २०८१ १९:३४ | Friday, August 23, 2024
टुषालमा एकदिने अष्टिम्की चित्र कार्यशाला

काठमाडौँ- काठमाडौँको टुषालमा एकदिने थारू लोक चित्रकलामा आधारित अष्टिम्की चित्र कार्यशाला एवं सामूहिक गायन हुने भएको छ। कार्यक्रम भदौ ८ गते शनिबार बिहान ११ बजेबाट काठमाडौंको टुषालमा अवस्थित बरघर रेष्टुरेन्टमा हुने भएको हो।

संरक्षण ओ उत्थानकलाग नाराका साथ ख्याल बगालको आयोजनामा हुन लागेको कार्यक्रममा थारु समुदायको लोक चित्रकलामा आधारित कृष्णजन्माष्टमीका दिन घरको भित्तामा बनाइने अष्टिम्की चित्रकला देखाउने र त्यसको महत्त्वसँगै चित्र कसरी कोरिन्छ त्यसको बारेमा समेत प्रशिक्षण गराइने आयोजकले जनाएको छ।

अष्टिम्की चित्र बनाउँदा गाउँका सबै जनाले मिलेर अष्टिम्की गीत पनि गाइने गरिन्छ, जसका निम्ती सो कार्यक्रममा कलाकारहरूले सामूहिक अष्टिम्की गीत गाउँदै त्यसको महत्त्व पनि झल्काइनेछ।

थारू संस्कृतिको उत्थान, युवा पुस्तालाई संस्कृति हस्तान्तरण, लोप हुँदै गएका परम्परागत सामग्रीको जगेर्ना गर्ने हेतुले अष्टिम्की चित्र कार्यशाला गर्न लागिएको आयोजकको भनाइ छ।

प्रकाशित: ७ भदौ २०८१ १९:३४ | Friday, August 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast