काठमाडौँ- राष्ट्रियसभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ।
त्यस्तै, कानुनमन्त्री चौरसियाले नै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक (टीआरसी), २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रकाशित: २ भदौ २०८१ ७:२१ | Sunday, August 18, 2024
प्रतिक्रिया





