राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल
काठमाडौँ- प्रतिनिधिसभाले पारित गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रियसभामा टेबल भएको छ।
बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन्। राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बस्नेछ।
राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ
प्रकाशित: ३१ साउन २०८१ १६:४० | Thursday, August 15, 2024
प्रतिक्रिया





