जापान जाने खेलाडीलाई प्रचण्डले गरे बिदाइ

हिमाल प्रेस ४ भदौ २०८१ १०:५६ | Tuesday, August 20, 2024
जापान जाने खेलाडीलाई प्रचण्डले गरे बिदाइ

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाइ गरेका छन्।

उनीहरूलाई मंगलबार अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा बिदाइ गरेका हुन्। अगस्ट २४ र २५ तारिखमा टोकियोमा हुने नवौँ वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा नेपालकोकातर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाइबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुनेछ।

खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडी सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरेका छन्। बिदाइ कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव बीआरलगायत सहभागी थिए।

प्रकाशित: ४ भदौ २०८१ १०:५६ | Tuesday, August 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast