जसपा नेपालले पार्टी गतिविधि प्रचारको अनुगमन गर्ने

हिमाल प्रेस ३२ साउन २०८१ ८:५५ | Friday, August 16, 2024
जसपा नेपालले पार्टी गतिविधि प्रचारको अनुगमन गर्ने

काठमाडाैँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको चार महिने संगठन निर्माण अभियानकाे अनुगमन हुने भएकाे छ। केन्द्रीय सदस्य तथा अभियन्ताले पचारप्रसारकाे रूपमा गरेकाे पार्टी कार्यक्रम तथा गतिविधिकाे अनुगमन हुने भएकाे हाे।

पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीले आधारभूत संगठन निर्माण अभियानमा खटिएका अभियन्ताले पार्टीका कार्यक्रम र गतिविधिको दैनिक रूपमा आफ्नो सामाजिक सञ्जालको खाता वा पेजमा प्रचारप्रसार गरे नगरेको अनुगमन गर्न पार्टी प्रचारप्रसार विभाग, केन्द्रीय अनुगमनकर्ता र सम्बन्धित समितिको मुख्यसचिव वा सचिवलाई तोकेको छ।

अभियन्ताले सामाजिक सञ्जालमा पोष्ट गर्दा भाषाशैलीमा शुद्धता र शिष्टता अपनाउनु पर्नेछ साथै व्यक्तिगत आरोपप्रत्यारोप, कुनै जाति वा धर्मप्रतिलक्षित भई पोष्ट गर्न पाइने छैन। यस अभियानको समाचार सम्प्रेशण गर्न पार्टी प्रचारप्रसार विभाग र प्रेस मञ्चले सम्बन्धित क्षेत्रहरूमा सदस्यहरूलाई तोक्नसक्ने गरी जिम्मेवारी तोकिएको छ।

प्रकाशित: ३२ साउन २०८१ ८:५५ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast