जलनको उपचार नि:शुल्क हुने स्वास्थ्यमन्त्रीको घोषणा

हिमाल प्रेस २७ साउन २०८१ १६:५७ | Sunday, August 11, 2024
जलनको उपचार नि:शुल्क हुने स्वास्थ्यमन्त्रीको घोषणा फाइल तस्बिर

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनकाे उपचार निःशुल्क हुने बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलनको उपचार निःशुल्क हुने बताएका हुन्।

प्रदेश र सङ्घ अन्तर्गतका अस्पतालमा जलन सेवा नभएमा सेवा थप गरेरै भएपनि निःशुल्क रूपमा सो सेवा दिने उनले बताए। मन्त्री पौडेलले बर्सेनि एक पटक राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण हुने समेत बताए।

सहिद गङ्गालाल राष्ट्रिय ह्रदयरोग केन्द्रमा खेलाडीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिने मन्त्री पौडेलले बताए।

प्रकाशित: २७ साउन २०८१ १६:५७ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast