चितवनका त्रिवि आंगिक क्याम्पसमा विद्यार्थी बढे

हिमाल प्रेस ६ भदौ २०८१ ७:३३ | Thursday, August 22, 2024
चितवनका त्रिवि आंगिक क्याम्पसमा विद्यार्थी बढे

चितवन- त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको संख्या दोब्बर वृद्धि भएको छ। विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो संख्या सात हजारमाथि पुगेको छ।

क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो। क्याम्पसमा मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षा संकायको स्नातक र स्नातकोत्तर तहमा पढाइ हुँदै आएको छ।

स्नातकमा व्यवस्थापनतर्फ बीबीए र बीबीएसको पढाइ हुने गर्दछ । विज्ञानतर्फ बीएस्सी, बीएस्सी सीएसआइटी, बीआइटी, बीएस्सी जुओलजी र माइक्रोबायोलोजीको पढाइ हुने गरेको छ। शिक्षातर्फ बीएड र बीआइसीटीई विषयको पढाइ हुने गर्दछ।

स्नातकोत्तरमा विज्ञानतर्फ फिजिक्स र क्यामेस्ट्री, व्यवस्थापनतर्फ एमबिएस, मानविकीतर्फ नेपाली, अंग्रेजी, अर्थशास्त्र, समाजशास्त्र र जनसंख्या शिक्षाको पढाइ हुँदै आएको छ।

यसै वर्षदेखि एमसिए र एमएडको पढाइ सञ्चालन गर्ने तयारी क्याम्पसले गरेको छ । क्याम्पसमा नयाँ विषयको पढाइ थालेपछि पहिलो रोजाइ बन्न सकेको हो। क्याम्पस प्रमुख पौडेलले भने, ‘शुल्क कम र गुणस्तरीय पढाइ हुने भएकाले यहाँ कोटा पाएसम्म विद्यार्थी अन्यत्र पढ्न जाँदैनन्।’

प्रकाशित: ६ भदौ २०८१ ७:३३ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast