कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस १५ भदौ २०८१ १९:१४ | Saturday, August 31, 2024
कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ– काठमाडौँको कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ९५ प ७६२५ नम्बरको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नंको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका घर्तिमगरको कलङ्कीस्थित नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। बा ५२ प ९६८० नंको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भइ बसमा ठोक्किएको थियो।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिए पनि ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: १५ भदौ २०८१ १९:१४ | Saturday, August 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast