उच्च शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई नगरपालिकाकाे सहयाेग

हिमाल प्रेस ३२ साउन २०८१ ९:२२ | Friday, August 16, 2024
उच्च शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई नगरपालिकाकाे सहयाेग

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ। पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ।

नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’ मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए। जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी ५० हजारका प्रदान गरिएको हो। यस वर्ष एमबिबिएस अध्ययन गर्न दुई जनाले छात्रवृत्ति पाएका छन्।

नगरभित्र उच्च शिक्षा अध्ययन गर्ने २८ जना विपन्न विद्यार्थीलाई आठ हजार छात्रवृत्ति प्रदान गरेको छ। आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताए।

प्रकाशित: ३२ साउन २०८१ ९:२२ | Friday, August 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast