आगामी महाधिवेशनमा सभापति उठ्छु : शेखर कोइराला

हिमाल प्रेस ३१ साउन २०८१ १७:२९ | Thursday, August 15, 2024
आगामी महाधिवेशनमा सभापति उठ्छु : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित भएको निकटतम प्रतिद्वन्द्वी भएका कारण आगामी महाधिवेशनमा स्वतः दाबी रहने बताएका हुन्।

उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको र उम्मेदवारीका विषयलाई अन्यथा लिन नहुने जिकिर गरे।

कोइरालाले मुलुकलाई स्थायीत्व दिनका लागि ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए। उनले राजनीतिक स्थायीत्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणालीका बारेमा संशोधन आवश्यक रहेको धारणा राखे।

कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कोशी सरकारमा कांग्रेस सहभागी हुने सम्भावना रहेको उनले बताए।

प्रकाशित: ३१ साउन २०८१ १७:२९ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast