आइएमई लाइफ इन्सुरेन्सको डेपुटी सीईओमा खिलेन्द्र पौडेल नियुक्त

हिमाल प्रेस ६ भदौ २०८१ १०:१९ | Thursday, August 22, 2024
आइएमई लाइफ इन्सुरेन्सको डेपुटी सीईओमा खिलेन्द्र पौडेल नियुक्त

काठमाडौँ- आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल नियुक्त भएका छन्।आइएमई लिमिटेड र जिएमइको मर्जरपछि पौडेल आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतबाट बिदा भई आइएमई लाइफमा प्रवेश गरेका हुन्।

आइएमई लिमिटेडको स्थापनादेखि विभिन्न जिम्मेवारीमा रहेका खिलेन्द्र, रेमिटेन्स, भुक्तानी प्रणाली, फिनटेक तथा डिजिटल वालेट र  अन्तरदेशीय कारोबारमा दख्खल राख्छन्।

आइएमई ग्रुपले प्रवर्द्धन गरेका वित्तीय  संस्थाको उच्च व्यवस्थापन तथा  स्मार्ट च्वाइस, सनी सेक्युरिटिज, आइएमई डिजिटल  सोलुसनलगायतका कम्पनी सञ्चालक रूपमा समेत पौडेलको संलग्नता छ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए फाइनान्स गरेका पौडेलले भारतको अहमदाबादस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र मलेसियाको इन्स्टिच्युट अफ ब्यांकर्स मलेसियाबाट कार्यकारी वित्तीय व्यवस्थापन तथा अन्तरदेशीय लगानी व्यवस्थापनका विषयमा एक्जुकेटिभ कोर्स गरेका छन्। साथै खिलेन्द्रले अमेरिकास्थित  हार्भर्ड केनेडी स्कुलबाट पोलिसी डिजाइन र वित्तीय सेवासम्बन्धी व्यावसायिक कोर्स पनि गरेका छन्।

उच्च तथा व्यावसायिक शिक्षा र व्यवस्थापकीय नेतृत्वको अनुभवले आइएमई लाइफले दिएको जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने र बिमा क्षेत्रमा थप रणनीतिक व्यावसायिक साझेदारी निर्माणमा योगदान दिने प्रतिबद्धता नायब कार्यकारी पौडेलको छ।

प्रकाशित: ६ भदौ २०८१ १०:१९ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast