ललितपुर गोदावरीको सनराइज हलमा शनिबार भएको मिस नेपाल २०२४ को फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावत ,मिस नेपाल अर्थको उपाधि सुमना केसी र मिस नेपाल वल्डको उपाधि आसमाकुमारी केसी। तस्बिर : रासस
काठमाडौँ- मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन्। शनिबार ललितपुरमा भएको फाइनलमा सुमना केसी र करुणा रावतलाई उछिन्दै केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन्। सुमना केसीले मिस नेपाल अर्थ २०२४ र करुणा रावतले मिस नेपाल इन्टरनेसनल २०२४ को उपाधि जितेकी छिन्।
आश्माले मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने मिस अर्थ र मिस इन्टरनेसनलमा सुमना र करुणले नेपालको प्रतिनिधित्व गर्नेछिन्। २५ प्रतियोगी मध्ये आश्मा, सुमना र करुणासँगै श्रद्धासुमन सिलवाल, सिम्रिक मानन्धर र प्रेरविता स्वार उत्कृष्ट ६ मा परिन्।
अन्य उपाधिहरू :
मिस ग्रीन भिजनरी : अम्बिका राणा
मिस हाइजिन : सुमना केसी
मिस डिएचआई : अन्जना पुन
मिस कन्फिडेन्ट : प्रेरविता स्वार
मिस हेल्दी स्किन : सिम्रिका मानन्धर
मिस फिटनेस : उर्जा नेवा
मिस पोपुलर च्वाईस : अन्जना पुन मगर




