विराटनगरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस ३१ साउन २०८१ १०:२३ | Thursday, August 15, 2024
विराटनगरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर

विराटनगर- मोरङको विराटनगरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार (हिजो) राति ९ः३५ बजेतिर उक्त दुर्घटना भएको हो। स्थानीय पिपलचोकमा को१च ५१९१ नम्बरको कारले मधेश प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

मोटरसाइकलका चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियो। त्यहाँ पुर्‍याउनासाथ चिकित्सकले मृत्यु घोषणा गरेका थिए।

कारका चालक मोरङै पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ साउन २०८१ १०:२३ | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast