‘वर एण्ड वधु’ को तेस्रो गीत ‘सिरी सिरी’

हिमाल प्रेस १० भदौ २०८१ ११:३१ | Monday, August 26, 2024
‘वर एण्ड वधु’ को तेस्रो गीत ‘सिरी सिरी’

काठमाडौँ- फिल्म ‘वर एण्ड वधु’ को ‘सिरी सिरी’ बोलको तेस्रो गीत सार्वजनिक गरिएको छ।सुगम पोखरेल र नेहा करोदेको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द र युग भुसालले संगीत भरेका छन्।

रोमानियामा छायांकन गरिएको गीतको भिडियोमा आँचल शर्मा र नव कलाकारविवेक कर्माचार्यको रोमान्टिक नृत्य देखाइएको छ।

यसअघि फिल्ममा समावेश ‘इतिहास मै चर्चा चल्छ’  र ‘तिमीसँग’ गीत  सार्वजनिक गरिएकाे थियाे।यही भदौ १४ गतेदेखि प्रदर्शन हुने फिल्मका निर्देशक मिलन चाम्स हुन्। सामाजिक कथामा आधारित फिल्मका लेखक प्रदीप भारद्वाज हुन्।

फिल्ममा आँचल र विवेकसहित विजय लामा, किरण केसी, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, सृष्टि खड्का, हिउँवाला गौतम, गरिमा शर्मा, रवीन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायत कलाकारको अभिनय छ।

फिल्मकस् निर्माता जानुका थापा हुन्। डा. अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्म एलआरके प्रोडब्सनको ब्यानरमा बनेको छ।

प्रकाशित: १० भदौ २०८१ ११:३१ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast