रेबान पोखराको अध्यक्षमा विश्वराज

हिमाल प्रेस ११ साउन २०८१ २१:०१
20
SHARES
रेबान पोखराको अध्यक्षमा विश्वराज

पोखरा- रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान), पोखराको अध्यक्षमा विश्वराज पौडेल निर्वाचित भएका छन्। शुक्रबार पोखरामा भएको संस्थाको ३० औं वार्षिक साधारणसभा एवं १६ औं अधिवेशनले उनको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

संस्थाको निवर्तमान अध्यक्षमा नरेश भट्टराई, प्रथम उपाध्यक्ष वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव वीरेन्द्र शेरचन, सचिव भीष्मराज पौडेल, कोषाध्यक्ष रोशनजंग कार्की र सहकोषाध्यक्ष वैभव पौडेल चयन भएका छन्।

कार्यसमिति सदस्यमा योगेश भट्टराई, लोकबहादुर गुरुङ, विष्णु बानियाँ, सफल थापा, लोकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टराई छन्। समितिको कार्यकाल २ वर्षको हुनेछ।

यसअघि साधारणसभा उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको स्मरण गराउँदै यो साँच्चिकै पर्यटनको राजधानी बनाउने गरी घोषणा गरिएको बताए। उनले पोखराको पर्यटनबाट प्रचूर सम्भावना रहेको उल्लेख गर्दै महानगरले पनि सरोकारवाला निकायसँग सहकार्य गरी अघि बढ्ने बताए।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पर्यटन परिषद् पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय प्रमुख नवीन पोखरेल, अग्रज पर्यटन व्यवसायी अशोक पालिखे, रेवान पोखरा अध्यक्ष नरेश भट्टराई लगायतले पोखराको पर्यटन र पर्यटन व्यवसायीको हकहितको पक्षमा बोलेका थिए।

सो अवसरमा नागरिक पत्रकार सन्तोष पोखरेल नगद २५ हजारसहित सम्मानित भए। यस्तै, अग्रज पर्यटन व्यवसायी अशोक पालिखेलाई पनि सम्मानित गरियो।

प्रकाशित: ११ साउन २०८१ २१:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + ten =